कोरोनाका कारण भ्रमण वर्ष २०२० स्थगित, ‘सगरमाथा संवाद’ पनि नहुने

Machchapuchchre

काठमाडौं । सरकारले भ्रमण वर्ष २०२० स्थगित गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले कोरोना भाइरसको प्रकोपलाई मध्यनजर गर्दै भ्रमण वर्ष २०२० स्थगित गर्ने निर्णय गरेको हो । मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले नै भ्रमण वर्ष स्थगित गर्ने प्रस्ताव राखेको स्रोतले खबरहबलाई जानकारी दिएको हो ।

त्यस्तै कोरोनाकै कारण सरकारले पहिलो पटक आयोजना गर्न लागेको अन्तर्राष्ट्रिय स्तरको ‘सगरमाथा संवाद’ कार्यक्रम समेत स्थगित गर्ने निर्णय गरेको छ । सरकारले अर्काे सातादेखि ‘अनअराइभल भिसा’मा पनि रोक लगाउने निर्णय गरेको जनाइएको छ ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले नेपाल कोरोना संक्रमणको अति उच्च जोखिममा रहेको जनाएसँगै नेपालले कोरोनाको संक्रमण हुनबाट जोगाउन विभिन्न तयारी समेत गरेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्