स्वास्थ्य परिक्षणका लागि अस्पताल पुगेका प्रधानमन्त्री ओलीको मुटुको रिपोर्ट सामान्य

Machchapuchchre Bank

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीको मुटुको रिपोर्ट सामान्य देखिएको छ। मुटु दुखेपछि जाँच गर्न उनी मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टर पुगेका थिए। रिपोर्ट सामान्य देखिएपछि उनी आजै निवास बालुवाटार फर्किने छन्।

‘प्रधानमन्त्रीज्यू नियमित जाँचका लागि मनमोहन जानुभएको हो। आजै निवास फर्किनुहुन्छ,’ प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले भने। अस्पतालमा प्रधानमन्त्रीको मुटुको एन्जिओग्राफी गरिएको हो। त्यसको रिपोर्ट सामान्य रहेको चिकित्सकहरूले बताएका छन्।

यसअघि प्रधानमन्त्री ओली मिर्गौलाको डायलासिस गर्न मनमोहन जाने गर्थे। यसअघि एपेन्डिसाइटिस हुँदा पनि प्रधानमन्त्रीको उपचार सोही अस्पतालमा भएको थियो।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्