सनराइज बैंकको ‘सनराइज पपकर्न मेनिया’ अफर सुरु, यस्ता छन् विशेषताहरु !

Machchapuchchre

काठमाडौं । सनराइज बैंकले क्यिूएफएक्स सिनेमासँग सहकार्य गरी ‘सनराइज पपकर्न मेनिया’ नामक योजना ल्याएको छ । तीन महिनासम्म संचालन गरिने यो योजना अन्तर्गत सनराइज बैंकका ग्राहकले क्यिूएफएक्स सिनेमाका सम्पूर्ण सिनेमा हलहरुमा कुनै पनि चलचित्रको टिकट खरिदमा प्रति टिकट एउटा पपकर्न निःशुल्क प्राप्त गर्न सक्नेछन् ।

यो योजनामा समावेश हुनको लागि ग्राहकले टिकट खरिद बापतको रकम सन्राइज बैंकका डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी सिनेमा हलस्थित प्वाइन्ट अफ सेल टर्मिनल मार्फत भुक्तानी गर्नुपर्नेछ ।

प्रति कारोबार अधिकतम पाँचवटा सम्म निःशुल्क प्राप्त गर्न सकिने बैंकले जनाएको छ । बैंकले केहि वर्ष अगाडि पनि यस्तै योजना ल्याएको थियो । त्यो समयमा २ वटा टिकटको खरिदमा एउटा टिकट सित्तैमा दिएको थियो । सोमबार आयोजित कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्याल र टिम क्वेस्टका प्रमुख कार्यकारी अधिकृत रोशन अडिगाले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

डेबिट/क्रेडिट कार्ड, मोबाइल बैकिङ्ग, इन्टरनेट बैंकिङ्ग लगायतका अत्याधुनिक बैंकिङ्ग उपकरणहरुको प्रयोगलाई बढावा दिँदै सर्वसाधारण जनतालाई डिजिटल माध्यमबाट झुक्तानी गर्न यो योजना ल्याएको बैंकले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्