सिद्धार्थ बैंकले ल्यायो ‘सिद्धार्थ सपरच्युनीटि’ योजना, हेर्नुहोस् क्यास ब्याक अफरकासाथमा अरु के-के छन् सुविधा

Machchapuchchre

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले आफ्ना ग्राहकहरूको सुविधाका लागि डिजिटल भुक्तानीलाई प्रोत्साहित गर्ने हेतुले सिद्धार्थ सपरच्युनीटि’ विशेष छुट योजना ल्याएको छ । यो छुट योजना यहि फाल्गुन १, देखि सीमित अवधिका लागि मात्र ल्याइएको बैंकले जनाएको छ ।

यस योजनामा ग्राहकहरुले दराजमा कार्ड मार्फत् सामान खरिद गर्दा हरेक आइतबार १५% सम्म छुट, पहिलो दुई पटक एक हजार वा सो भन्दा बढि रकमको अनलाइन कारोबार गर्दा ५ सय क्यास ब्याक अफर र पहिलो दुई पटक एक हजार वा सो भन्दा बढि रकमको पिओएस् मेसिन मार्फत् कारोबार गर्दा ३ सय ८२ सम्मको क्यास ब्याक अफर पाउने भएको छ ।

यस्ता छुट र क्यास ब्याक अफर योजनाले नगद भुक्तानीबाट डिजिटल भुक्तानीमा जान आकर्षित गर्ने र अनलाइन कारोबारलाई अझै प्रेरित गर्नेे विश्वास बैंकले लिएको छ । आफ्ना ग्राहकहरूको सुविधा तथा सहजतालाई मध्यनजर गर्दै बैंकले विभिन्न छुट योजना दिदैं आएको र आगामी दिनहरुमा पनि यस्ता योजनाहरु निरन्तर लागु गर्दै जाने बैंकको योजना रहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्