प्रतिनिधिसभा बैठक बस्दै, सरकारका कामबारे जानकारी दिन प्रधानमन्त्रीले सम्बोधन गर्ने

Machchapuchchre

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको बैठकलाई आज सम्बोधन गर्ने भएका छन् । सम्बोधनको क्रममा प्रधानमन्त्री ओलीले आफ्नो दुई वर्षे कार्यकालमा सरकारले गरेका कामबारे जानकारी दिनेछन् ।

प्रतिनिधिसभाको बैठक आज दिउँसो दुई बजे बस्दै छ । प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले भने, ‘दुई वर्षे कार्यकालको सन्दर्भमा दुई गते, दुई बजे प्रधानमन्त्रीज्यूले संसदलाई सम्बोधन गर्नु हुने छ ।’ ओलीले नेतृत्व गरेको वर्तमान सरकार यही फागुन ३ गते दुई वर्ष पुग्दैछ ।

सम्बोधनको क्रममा ओलीले सरकारका कामकारबाहीबारे जानकारी दिनुका साथै समसामयिक घटनाक्रमका विषयमा समेत बोल्ने उनको सचिवालयले जनाएको छ । प्रतिनिधिसभा सचिवालयका अनुसार प्रधानमन्त्री ओलीले बैठकको सुरुमै संसद बैठकलाई सम्बोधन गर्नेछन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्