गिरफ्तार नेता–कार्यकर्ता यथाशिघ्र रिहा नगरिए अझै ठूलो प्रतिरोध गर्छाैं – नेकपा

Machchapuchchre

काठमाडौँ । विद्रोही नेपाल कम्युनिस्ट पार्टी नेकपाले २५ औँ माहान जनयुद्ध दिवस मनाउने क्रममा कयौँ स्थानमा हस्तक्षेप गरी सरकारले पार्टी नेता–कार्यकर्तालाई गिरफ्तार गरेपछि नेकपा थप आक्रोशित बनेको छ । नेकपाले आफ्ना नेता कार्यकर्तालाई बिना कारण दुख मात्रै दिने उदेश्यले गिरफ्तार गरेको भन्दै उक्त सरकारी दमनको घोर भत्र्सना गर्दै तत्काल, बिनासर्त रिहा नगरिए शक्तिशाली प्रतिरोध गर्ने चेतावनी दिएको छ ।

पार्टी केन्द्रीय समितिका तर्फबाट बिहीबार साँझ एक प्रेस विज्ञप्ति जारी गर्दै पार्टी प्रवक्ता प्रकाण्डले वली–प्रचण्डको सामाजिक दलाल पुँजीपति वर्गको प्रतिनिधित्व गर्ने सरकारले फागुन १ गते जनयुद्ध दिवसमाथि देशभर हस्तक्षेप तथा आक्रमण गरेर आफ्नो फासिवादी र पश्चगामी चरित्र उदाङ्गो पारेको बताएका छन् । विज्ञप्तिमा भनिएको छ, ‘केपी वली–प्रचण्डको सामाजिक दलाल पुँजीपति वर्गको प्रतिनिधित्व गर्ने सरकारले फागुन १ गते महान् जनयुद्ध दिवसमाथि देशभर हस्तक्षेप तथा आक्रमण गरेर आफ्नो फासिवादी र पश्चगामी चरित्र उदाङ्गो पारेको छ । उसले जनयुद्धको स्मरणमा भएका जुलुस, प्रदर्शनमाथि देशभर अवरोध र आक्रमण गरेको छ ।’

ओली सरकारको ज्यादती सहिद परिवार, घाइते, बेपत्ता परिवार, जनयुद्ध र सबै अग्रगामी शक्तिमाथिको अपमान र ज्यादती भएको बिज्ञप्तिमा उल्लेख छ । साथै सरकारको यसप्रकारको फासिवादी र पश्चगामी हर्कतको निन्दा गर्दै नेकपाले सबै पार्टीका गिरफ्तार नेता–कार्यकर्ताको बिनासर्त रिहाइको माग गरेको छ ।

‘यसै क्रममा काठमाडौँको सुन्धाराबाट अखिल (क्रान्तिकारी) का केन्द्रीय अध्यक्ष चिरञ्जीवी ढकाल, केन्द्रीय सदस्य उषाकिरणसहित ५ जना र क्रान्तिकारी माओवादीका दोलखा जिल्ला इन्चार्ज गोविन्दसहित ३ जनालाई चरीकोटबाट गिरफ्तार गरेको छ । गणतन्त्रका लागि मुख्य भूमिका निर्वाह गर्ने पार्टीको आयोजनामा भएको जनयुद्ध दिवस कार्यक्रममाथिको यो आक्रमण सहिद परिवार, घाइते, बेपत्ता परिवार, जनयुद्ध र सबै अग्रगामी शक्तिमाथिको अपमान र ज्यादती हो । हाम्रो पार्टी सरकारको यसप्रकारको फासिवादी र पश्चगामी हर्कतको निन्दा गर्दछ र सबै पार्टीका गिरफ्तार नेता–कार्यकर्ताको बिनासर्त रिहाइको माग गर्दछ ।’ विज्ञप्तिमा उल्लेख छ ।

सरकारको यस्तो फासिवादी हर्कत नरोकिए अझ ठूलो प्रतिरोध गर्न पार्टी बाध्य हुने चेतावनी पनि बिज्ञप्तिमार्फत नै दिइएको छ । विज्ञप्तिको अन्त्यमा भनिएको छ, ‘सरकारको यस्तो फासिवादी हर्कत नरोकिए अझ ठूलो प्रतिरोध गर्न पार्टी बाध्य हुने चेतावनी पनि दिन चाहन्छ ।’

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्