नेकपाले जनयुद्ध दिवस मनाउँदै, प्रधानमन्त्री ओली पनि सहभागी हुने

Machchapuchchre

काठमाडौं । सत्तारुढ दल नेकपाले आज जनयुद्ध दिवस मनाउँदै छ । तत्कालीन माओवादीले २०५२ साल फागुन १ गते सुरु गरेको शसस्त्र युद्धको सम्झनामा हरेक बर्ष मनाइदै आएको यो दिवसमा यसपटक प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी हुँदैछन।

तत्कालिन एमालेबृत्तले जनयुद्धको स्वामित्व ग्रहण गर्न रुचि नदेखाएको भनेर आलोचना भइरहँदा पार्टी एकतापछिको दोस्रो जनयुद्ध दिवसमा भने प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष ओली कार्यक्रममा सह्रिक हुन लागेका हुन ।

नेकपा केन्द्रीय कार्यालयले जारी गरेको सूचनाअनुसार धुम्बाराहीमा हुने ‍औपचारिक कार्यक्रममा कार्यकारी अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री ओली दुबै सहभागी हुँदैछन । पार्टी कार्यालयले जारी गरेको सूचना अनुसार आज विहान ९ बजे अध्यक्षद्वय ओली तथा दाहाल जनयुद्धका शहीदहरूको स्मृतिमा आयोजित श्रद्धाञ्जली सभामा उपस्थित हुनेछन्।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्