सिटिजन्स बैंक र म्याक्स मनि ट्रान्सफरबीच सम्झौता, विदेशबाट पठाएको रकम बैंकका सबै शाखाबाट भुक्तानी पाईने

Machchapuchchre

काठमाडौं – सिटिजन्स बैंक इन्टरनेसनल र म्याक्स मनि ट्रान्सफरबीच रेमिटेन्स सम्झौता भएको छ । दुई कम्पनीले मलेसिया लगायत अन्य मुलुकबाट बैंकिङ् प्रणालि मार्फत पठाएको विप्रेषण रकम भुक्तानी दिने कार्यका लागि उक्त सम्झौता गरेका हुन् ।

यस सम्झौता बमोजिम अबम्याक्स मनि ट्रान्सफर मार्फत विदेशबाट नेपालमा पठाएको विप्रेषण रकम सिटिजन्स बैंकको ८९ वटा शाखाहरुबाट सजिलै भुक्तानी पाउन सकिने छ । जसबाट बैंकका ग्राहकहरु लाभान्वित हुने बैंकको विश्वास छ ।

हाल बैंकले ८९ वटा शाखा, ९० वटा एटिएम र १०३ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिब पाँच लाख ग्राहकलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्