प्रभु बैंकद्वारा पोखरामा एकैसाथ ३ शाखा संचालनमा, यातायात व्यवस्था कार्यालय बिराटनगरमा एक्सटेन्सन काउण्टर

Machchapuchchre

काठमाडौँ । प्रभु बैंकले बैंकिङ्ग सेवा विस्तार गर्ने क्रममा कास्की जिल्लाको पोखरा महानगरपालिका वडा नं. २, १३ र २६ मा एकैसाथ ३ वटा शाखा कार्यालयहरु सञ्चालनमा ल्याएको छ । थप ३ वटा शाखा कार्यालयहरु सञ्चालनमा ल्याएर बैंकिङ्ग पहुँच विस्तार गर्दै सेवाग्राहीहरुलाई अत्याधुनिक प्रविधि सहित गुणस्तरीय बैंकिङ्ग सेवा उपलब्ध गराउन लागेकोमा स्थानियहरुले प्रभु बैंकको प्रंशसा गरेका थिए ।

प्रभु बैंकले मोरङ जिल्लाको बिराटनगर महानगरपालिकास्थित वडा नं ०४ यातायात व्यवस्था कार्यालयमा एक्सटेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ । उक्त एक्सटेन्सन काउण्टरको उद्घाटन बिराटनगरका यातायात व्यवस्था कार्यालयका प्रमुख यातायात अधिकृत रबिन कार्कीले गरेका हुन् ।

नेपाल राष्ट्र बैंक तथा अन्य सम्बन्धित निकायसँग समन्वय गरी विभिन्न सरकारी निकायहरुको बैंकिङ्ग कारोबार प्रभावकारी रुपमा सञ्चालन गरिरहेको प्रभु बैंकले यातायात ब्यबस्थापन कार्यलयमा पनि आफ्नो सेवा विस्तार गर्न सफल भएको छ । प्रभु बैंकको एक्स्टेन्सन काउण्टरबाट सम्बन्धित यातायात ब्यबस्थापन कार्यलयमा आउने सेवाग्राहीहरुलाई रकम जम्मा गर्न र यातायात ब्यबस्थापन कार्यलयको काम गर्न सहज र सरल हुने भएको छ ।

प्रभु बैंकको एक्स्टेन्सन काउण्टरबाट प्रवाह गरिने बैंकिङ्ग सेवाबाट स्थानीयबासी तथा सेवाग्राहीहरुले प्रभु बैंकको गुणस्तरीय बैंकिङ्ग सेवा उपभोग गरी लाभान्वित हुने बैंकले विश्वास लिएको छ । प्रभु बैंकले २०८ वटा शाखा कार्यालय, १५७ वटा ATM, ४४ वटा एक्स्टेन्सन काउण्टर तथा १७ वटा शाखा रहित बैंकिङ्ग सेवा मार्फत अत्याधुनिक प्रविधियुक्त गुणस्तरीय बैंकिङ्ग सेवा प्रवाह गरिरहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्