बैंक अफ काठमाडाैं ग्राहकलाई सिद्धार्थ विजनेश ग्रुप अफ हस्पिटालिटीमा १०% छुट

Machchapuchchre

काठमाडाैँ । बैंक अफ काठमाडाैंका ग्राहकलाई सिद्धार्थ विजनेश ग्रुप अफ हस्पिटालिटी प्रालीमा छुट उपलब्ध गराउने सम्झौता भएको छ। मोबाईल बैंकिङ र डेबिट तथा क्रेडिट कार्डको माध्यम भुक्तानी गर्दा ग्राहकलाइ १०% को छुट दिने सम्झौता भएको हाे।

उक्त सम्झौतामा सोमबार बैंकका कार्ड विभाग प्रमुख अमर राजभण्डारी र सिद्धार्थ ग्रुपका व्यापार विभागका निर्देशक प्रभाकर खडकाले हस्ताक्षर गरे। यस सम्झौतापछि सिद्धार्थ विजनेश ग्रुप अफ हस्पिटालिटीको ६ होटल, ३ रिसोट, ५ रेस्टुरेन्ट तथा ५ क्याफेहरुमा छुट पाइने भएको हो।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्