बलात्कारको आरोप लागेका एसएसपी राणा पक्राउ

Machchapuchchre

काठमाडौं। बलात्कारको आरोप लागेका वरिष्ठ प्रहरी उपरीक्षक(एसएसपी) सौरभ राणा पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी यज्ञबिनोद पोखरेल र इलाका प्रहरी कार्यालय धरानका डीएसपी ढुण्डिराज न्यौपानेको नेतृत्व टोलीले उनलाई शनिवार पक्राउ गरेको हो ।

धरानमा रहेको सङ्‍घीय प्रहरी इकाइ कार्यालयको एसएसपी निवासबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। बिहीबार संघीय प्रहरी इकाई कार्यालय धरानका प्रमुख तथा एसएसपी सौरभ राणाविरुद्ध जिल्ला प्रहरी कार्यालय सुनसरीमा बलात्कारको उजुरी दर्ता भएको थियो ।

गत कात्तिकमा धरानकी एक महिलाले राणाले आफूमाथि यौन शोषण गरेको भन्दै गृह मन्त्रालयमा उजुरी दिएकी थिइन् । ती महिलाले गृहमन्त्री रामबहादुर थापा (बादल), गृहसचिव प्रेमकुमार राईलगायतलाई भेटेर एसएसपी राणाले आफूमाथि यौन शोषण गरेको गुनासो सुनाएकी थिइन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्