कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यसमिति बैठक आज पनि जारी

Machchapuchchre

काठमाडौं । कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यसमिति बैठक आज पनि जारी छ । पार्टी कार्यालय धुम्बाराहीमा शुक्रबारदेखि जारी बैठकमा अध्यक्ष थापाले प्रस्तुत गरेको राजनीतिक कार्यपत्रबारे सदस्यहरुले धारणा राख्नेछन ।

मध्यान्ह १२ बजेदेखि सुरु हुने बैठकमा सदस्यहरुले अध्यक्ष थापाले शुक्रबार प्रस्तुत गरेकाे ‘वर्तमान राजनीतिक सन्दर्भ र राप्रपाको भावी कार्यदिशा’ बिषयक कार्यपत्रमा धारणा राख्ने पार्टी केन्द्रीय सदस्य सृजना रानी बस्नेतले जानकारी दिइन ।

थापाले प्रस्तुत गरेको कार्यपत्रमा सरकार सर्वसत्तावादतर्फ केन्द्रित भएको, भ्रष्टाचार संस्थागत हुँदै गएको, दलहरु बैचारिक हिसावले बिचलित हुँदै गएको, बाह्य हैस्तक्षेप बढ्दै गएको लगायतका बिषय औंलाइएका छन ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्