कोरोना भाइरसबाट चीनमा रहेका नेपालीलाई बचाउन देउवाले दिए सरकारलाई यस्ता ५ सुझाव

Machchapuchchre

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले कोरोना भाइरस प्रभावित क्षेत्र चीनको वुहानमा रहेका नेपालीलाई उद्दार गर्न ओली सरकारलाई आग्रह गरेका छन् । शुत्रबार प्रेस विज्ञप्ति जारी गर्दै देउवाले कोरोना भाइरसबारे नेपालले राख्नु पर्ने सतर्कता र सरकारले युद्धस्तरमा निर्वाह गर्नुपर्ने कर्तव्य बारे सजग गराउन उनले सार्वजनिक अपिल गरे । कोरोना भाइरसका कारण ज्यान गुमाएका सबै चिनियाँ नागरिकको परिवार र चिन सरकारप्रति देउवाले समवेदना व्यक्त गरे ।

१- कोरोना भाइरस संक्रमणको जोखिम र पूर्व सतर्कताबारे सरकारले विविध माध्यमबाट नागरिक पंक्तिमा व्यापक सूचना संप्रेशण गर्न जरुरी छ । नागरिकलाई सुसूचित गर्ने अभियानमा साझा दायित्व साथ महत्वपुर्ण भुमिका निर्वाह गर्न म नेपाली काँग्रेसका साथीहरुसँगै सबै राजनितिक दल, संघ संस्था र सबै संचार माध्यमहरुलाई विशेष आग्रह गर्दछु ।

२- नेपाल प्रवेशका सबै अन्तराष्ट्रिय नाकामा बिशेष हेल्थ डेस्क प्रभावकारी ढंगले संचालन गर्न अपिल गर्दछु, ताकी कोरोना भाइरसको नेपाल प्रवेशलाई रोक्न सकियोस ।

३- कयौं देशले चीनको वुहान शहरबाट आफ्ना नागरिकलाई स्वदेश फर्काईसकेको विवरण आएका छन् । तर त्यहाँ रहेका करिब एकसय नेपाली बिद्यार्थीसंगै अन्य नेपालीलाई स्वदेश फर्काउन सरकारले कुनै गम्भीरता नदेखाउनु दुस्खद र आपत्तिजनक छ । कोरोना भाईरसको संक्रमणबाट जोगाउँदै वुहानका नेपालीलाई यथासिघ्र नेपाल ल्याउने प्रबन्ध मिलाउन म सरकारलाई अनुरोध गर्दछु ।

४- वुहानबाट नेपालीहरुलाई उद्दार गरेर ल्याए पश्चात स्वास्थ्य परिक्षणको प्रतिवेदन आउने निश्चित अवधिभर अलग्गै राख्ने शिविरको प्रवन्ध गर्न सरकारले तत्काल कार्य सुरु गर्नुपर्ने आवश्यकता म औंल्याउन चाहन्छु ।

५- संक्रमण परिक्षणका लागि राजधानीमा अलग्गै केन्द्र तत्काल स्थापना गर्नुपर्ने अनिवार्य आवश्यकता छ । यसलाई गम्भीरतापुर्वक लिएर गम्भीरताकासाथ कार्य गर्न म सरकारलाई सचेत गराउन चाहन्छु ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्