भारतको जम्मु-कस्मिरमा एकाबिहानै भीडन्त, तीन जनाको मृत्यु

Machchapuchchre

कस्मिर । भारतको जम्मु-कस्मिरमा शुक्रबार बिहानै भएको भीडन्तमा तीन जनाको मृत्यु भएको छ। जम्मु-कस्मिर प्रहरीका अनुसार बिहान पाँच बजेतिर जम्मु-कस्मिर राजमार्गस्थित नाग्रोताको एक टोल प्लाजामा जाँचका क्रममा भीडन्त भएको हो।

प्रहरीले जाँचका क्रममा श्रीनगर जान लागेको एउटा ट्रकलाई रोक्दा भित्र रहेका आतंककारीले गोली चलाएको दाबी गरेको छ। गोली लागेर एक जना प्रहरी घाइते भएको र ट्रकभित्रका तीन जना मा’रिएको बताइएको छ। मारिएकाहरू कुन समूहका सदस्य हुन् भन्ने खुलाइएको छैन। प्रहरीले घटनास्थललाई घेरा हालेको छ।’

पछिल्लो समय जम्मु- कस्मिरको राज्यको मान्यता खोसेर केन्द्र शासित क्षेत्र बनाइएको छ। त्यसको विरोधमा प्रदर्शन हुन सक्ने ठानेर जम्मु कस्मिरमा सञ्चारका साधनमा प्रतिबन्ध लगाइएको छ। यस्तै उता अस्ट्रेलियाकाे राजधानी क्यानबेरामा आपत्कालीन अवस्था घोषणा गरिएको छ ।

गएको सेप्टेम्बरदेखि फैलिएको डढेलो क्यानबेराको दक्षिणी भेगमा पुग्न लागेपछि आपत्कालीन अवस्था घोषणा गरिएको हो । क्यानबेराको उपनगरका बासिन्दालाई सुरक्षित ठाउँमा जान पनि आग्रह गरिएको सञ्चारमाध्यमले जनाएका छन् ।

सिड्नी र मेलबर्नको बीचमा पर्ने यो क्षेत्रमा ४ लाख मानिसको बसोबास रहेको छ । गएकाे सेप्टेम्बरयता फैलिरहेको डढेलोका कारण अहिलेसम्म ३३ जनाको ज्यान गएको छ भने हजारौँ घरमा क्षति पुगेकाे छ । यस्तै एक करोड ११ लाख हेक्टर क्षेत्रफलकाे जमिन डढिसकेको छ ।

अधिकारीहरुले यो आगलागी गएको दुई दशककै सबैभन्दा भयानक र खतरनाक भएको बताएका छन् । आगलागीबाट मुख्य प्रभावित दक्षिणी क्षेत्रमा मात्र १८ हजार पाँच सयभन्दा बढी हेक्टर जमिन सखाप भैसकेको छ ।

अग्नि नियन्त्रकहरु ४० डिग्रीको तापक्रममा तीव्र गतिको हावाको वेगमा आगो निभाउन जुटिरहेका छन् । आगोलाई नियन्त्रणमा लिन कठिन भैरहेको अग्नि नियन्त्रकहरुले बताएका छन् । आगलागीको जोखिम कम नभएसम्म आपतकाल लागू हुने अधिकारीहरुले बताएका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्