एनआईसी एशिया बैंकका ग्राहकहरुलाई सामसुङ ग्यालेक्सी खरिदमा विशेष छुट, कहिलेदेखि हुदैछ लागु ?

Machchapuchchre

काठमाडौं । एनआईसी एशिया बैङ्कका ग्राहकलाई सामसुङ ग्यालेक्सी खरिदमा विशेष छुट मिल्ने भएको छ । एनआईसी एसिया बैङ्क र सामसुङ मोबाइल बिच भएको सहमति अनुसार एनआईसी बैङ्कका ग्राहकलाई सामसुङ ग्यालेक्सी खरिदमा छुट दिने भएको हो ।

सम्झौता अनुसार एनआईसी एसिया बैङ्कका ग्राहकले प्रत्येक खरिदमा १५ प्रतिशत वा अधिकतम ३ हजार रुपैयाँ सम्म छुट प्राप्त गर्न सक्नेछन् । यो योजना यही माघ १२ गतेदेखि फागुन १६ गतेसम्म लागू हुनेछ । यस योजनाबाट बैङ्कका ग्राहकहरूले अधिकतम लाभ लिन सक्ने जारी विज्ञप्तिमा उल्लेख छ ।

सेवाग्राहीहरूले बैङ्कको कार्ड तथा मोबाइल बैङ्किङ सेवा प्रयोग गरी विभिन्न सामान खरिद गर्दा देशभर २ हजार २५ भन्दा बढी मर्चेन्टहरुबाट १ प्रतिशत देखि ५० प्रतिशत सम्मको आकर्षक छुट प्राप्त गर्न सक्नेछन् ।

उक्त छुट देशभर रहेको विभिन्न ख्यातिप्राप्त २०५ अस्पतालहरू, ६०० होटेल, रिर्सोट तथा रेस्टुराँ, ९०० रिटेल आउटले तथा ३२० विभिन्न सेवा तथा सामान बिक्री गर्ने स्थानहरूबाट सजिलै प्राप्त गर्न सकिने छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्