श्री पञ्चमीमा सानिमा बैंकले विभिन्न छुट दिने, माघ १६ र १७ गते लागु हुने

Machchapuchchre

काठमाडौं । सानिमा बैंकले श्री पञ्चमी (सरस्वती पूजा) को उपलक्ष्यमा विशेष योजना स्वरुप विभिन्न छुट प्रदान गर्ने भएको छ । बैंकले आफ्ना नयाँ तथा पुराना ग्राहकहरुलाई लक्षित गर्दै दुई दिनको लागि डेबिट कार्ड र मोबाइल बैंकिङ सेवामा जारी शुल्क नलाग्ने व्यवस्था गरेको छ ।

साथै ग्राहकहरुले दुबै सुविधा एकैसाथ उपभोग गर्दा रु १०० को नेपाल टेलिकम वा एनसेलको टपअप पाउनेछन् । यो योजना माघ १६ र माघ १७, २०७६ का लागि लागू गरिएको छ ।

यो योजना विद्यार्थीवर्गलाई मात्र लक्षित हुनेछ र सुविधा लिन आउँदा ग्राहकले विद्यार्थी परिचय पत्र पेश गर्नुपर्नेछ । यो योजनाका लागि नाबालकको हकमा भने प्रचलित निर्देशन अनुसार गर्न सकिने बैंकले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्