आजबाट मौसम सक्रिय हुने, वर्षासँगै हिमपातको सम्भावना

Machchapuchchre

काठमाडौं । जल तथा माैसम पूर्वानुमान महाशाखाले हाल नेपालमा उल्लेखनिय मौसमी प्रणाली नभए पनि आज साँझबाट नेपालको पश्चिमी भेगमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव पर्ने सम्भावना देखिएको जनाएको छ । महाशाखाका अनुसार पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले आज केही ठाउँमा वर्षासँगै हिमपातको सम्भावना रहेको छ । तराई भेग तथा पश्चिमी पहाडी भूभागमा बाक्लो हुस्सु र कुहिरोको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान माघ १३ गते (सोमबार) दिउँसो देशको पश्चिमी भू-भाग लगायत मध्य र पूर्वी पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहनेछ । तराईका केहि भूभागहरुमा हुस्सु/कुहिरो लाग्ने सम्भावना रहेको छ। त्यस्तै राती देशभर आंशिक देखि सामान्य बदली रहनेछ । पश्चिमी भू-भागका थोरै स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ। पश्चिमी उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का हिमपातको संभावना रहेको छ ।

माघ १४ गते (मंगलबार) दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ । पश्चिमी भू-भागका केहि स्थानहरु र मध्य तथ पूर्वी भू-भागका १-२ स्थानमा हल्का वर्षाको संभावना रहेको छ । उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का देखि मध्यम हिमपातको संभावना रहेको छ।

राती देशभर आंशिक देखि सामान्य बदली रहनेछ । पश्चिमी भू-भागका केहि स्थानहरु र मध्य तथा पूर्वी भू-भागका थोरै स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ । उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का देखि मध्यम हिमपातको संभावना रहेको छ।

माघ १५ गते (बुधबार) दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ । पश्चिमी भू-भागका अधिकांश स्थानहरु र मध्य तथा पूर्वी भू-भागका केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षाको संभावना रहेको छ । उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का देखि मध्यम हिमपातको संभावना रहेको छ। पश्चिमी उच्च पहाडी तथा हिमाली भू-भागका एक वा दुई स्थानमा भारी हिमपातको संभावना रहेको छ ।

राती भने देशभर आंशिक देखि सामान्य बदली रहनेछ । देशका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको संभावना रहेको छ। उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का देखि मध्यम हिमपातको संभावना रहेको छ। पश्चिमी उच्च पहाडी तथा हिमाली भू-भागका एक वा दुई स्थानमा भारी हिमपातको संभावना रहेको छ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श
पश्चिमी भू-भागका थोरै स्थानहरुमा हल्का वर्षाको संभावना रहेको तथा पश्चिमी उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का हिमपातको संभावना रहेको छ । साथै तराईका केही भू-भागमा हुस्सु/कुहिरोको कारणले घाम राम्रोसँग नलाग्ने भएकोले चिसोबाट बच्ने उपाय अपनाउनु हुन अनुरोध छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्