हेलिकोप्टर दुर्घटनामा चर्चित बास्केटबल खेलाडी ब्रायन्टसहित ९ जनाको मृत्यु

Machchapuchchre

अमेरिका । चर्चित अमेरिकी बास्केटबल खेलाडी कोबी ब्रायन्टसहित ९ जनाको हेलिकोप्टर दुर्घटनामा परि मृत्यु भएको छ । ४२ वर्षीय कोबी १३ वर्षीया छोरी जियानासँगै अन्य ७ जना साथिभाईसँग निजी हेलिकोप्टरबाट क्यालिफोर्नियाको कालबासासमा यात्रारत रहँदा दुर्घटना भएको हो ।

राष्ट्रिय बास्केटबल एसोसिएसनले आयोजना गर्ने प्रतियोगितामा धेरै जसो समय उत्कृष्ट रहेका उनी ५ पटकसम्म एनबीए च्याम्पियन्ससमेत बनेका थिए । यसैकारण उनलाई बास्केटबल इतिहासकै महान खेलाडीको रुपमा समेच चित्रित गरिएको थियो ।

कोबीको निधनपछि अमेरिकी खेल क्षेत्र स्तब्ध भएको छ । एनबीएले विज्ञप्ति जारी गर्दै कोबीको असामयीक निधनले स्तब्ध भएको उल्लेख गरेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्