निर्धारित मितिमै महाधिवेशन हुनुपर्छ – नेता कोइराला

Machchapuchchre

तनहुँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले पार्टीभित्रको विवाद समाधान भएकाले तोकिएकै मितिमा महाधिवेशन हुने आशा पलाएको बताए । नेपाली कांग्रेस तनहुँद्वारा शनिवार आयोजित कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले पार्टी सभापति र वरिष्ठ नेताबीचको सहमतिले निर्धारित मितिमै महाधिवेशन हुने आशा जगाएको बताए ।

नेता कोइरालाले भने, “निर्धारित मितिमै महाधिवेशन सम्पन्न गराउनका लागि कार्यकर्ताले नेतृत्वलाई दबाब दिन आवश्यक छ ।” पार्टीलाई बलियो बनाउन सबैलाई समेटेर अगाडि बढ्न र मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) मा केही समस्या भए सुधार गरेर लैजानुपर्नेमा उनले आग्रह गरे ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्