नेपाल इन्भेष्टमेन्ट बैंक र चिरायु नेशनल अस्पतालबीच सम्झौता, बैंक ग्राहकहरुलाई विशेष छुट

Machchapuchchre

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंक र चिरायु नेशनल अस्पताल तथा मेडिकल इन्स्टिच्यूट बीच बैंकका कार्डबाहकहरू, कर्मचारी तथा सेयरधनीहरूलाई स्वास्थ्य सेवामा विशेष छुट सुविधा प्रदान गर्ने विषयमा एक सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

सम्झौतापत्रमा बैंकका नायव महाप्रबन्धक विजेन्द्र सुवाल र अस्पतालका सञ्चालन निर्देशक चन्डेश्वर नन्दराज वैद्यले दुवै संस्थाका कर्मचारीहरूको उपस्थितिका बीच हस्ताक्षर गरे ।

अब बैंकका सबै कर्मचारीहरू, खाताधनीहरू र नेपाल इन्भेष्टमेण्ट बैंकका सेयरधनीहरूले चिरायु अस्पतालमा बेड शुल्क, अस्पतालभित्र गरिने परीक्षण, प्रक्रियागत शुल्क, शल्यक्रिया शुल्क र फार्मेसीमा छुट प्राप्त गर्नसक्ने छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्