के कस्तो निर्देशन दिए त अर्थमन्त्री डा. युवराज खतिवडाले राष्ट्र बैंक र बैंकर्स संघलाई

Machchapuchchre

अर्थ राजनीति । अर्थमन्त्री डा. युवराज खतिवडाले राष्ट्र बैंक र बैंकर्स संघलाई आधा दर्जन निर्देशन दिएका छन् । अर्थ मन्त्रालय, नेपाल राष्ट्र वैक र बैंकस् एशोशियसनका पदाधिकारीबीचको छलफलमा अर्थमन्त्री डा. खतिवडाले व्याजदर, सेवा शूल्क, लगानी, सहुलियत कर्जा लगायतका विषयमा निर्देशन जारि गरेका छन् । अर्थमन्त्री डा. युवराज खतिवडाले बैंक र बैंकर्स संघलाई दिएका  निर्देशनहरुः

१ व्याजदर निर्धारणको सम्बोधन गर्न बैंकले लिने सेवा शुल्कको समिक्षा गर्न,

२ मुलुकमा हाल सम्भावनायुक्त लगानी क्षेत्रको रुपमा विकसित भएको पूर्वाधारमा लगानी विस्तार गर्न,

३ सहुलियतपूर्ण कर्जा कार्यान्वयनमा नतिजा आउने गरि काम गर्न,

४ वाणिज्य बैंकहरुबाट हेजिङ सुविधा उपलब्ध गराउने वातावरण निर्माण गर्न,

५ विदेशी विनिमयको व्यवस्थापनलाई थप प्रभावशाली बनाउन,

६ नेपाल राष्ट्र बैकको नियमनकारी भूमिकालाई प्रभावकारी र समयसापेक्ष बनाउन ।

 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्