ट्रम्पबिरुद्धको महाअभियोगबारे माथिल्लो सदनमा बहस शुरु

Machchapuchchre

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबिरुद्ध लगाइएको महाअभियोगबारे त्यहाँको माथिल्लो सदन सिनेटमा छलफल शुरु भएको छ । मंगलबार मध्यरातिदेखि सिनेटमा शुरु भएको छलफलमा रिपब्लिकन र डेमोक्य्राटबीच महाअभियोगमा हुने बहस प्रक्रिया कसरी अघी बढाउने भन्नेमै मतभेद बढेको छ ।

ट्रम्प र युक्रेनबीच सम्पर्क भएका थप प्रमाणको खोजी गर्ने विपक्षी डेमोक्र्याटहरूको अडानलाई सत्तारुढ रिपब्लिकनले विफल तुल्याइदिएपछि थप दस्ताबेज मगाउने कि नमगाउने भन्ने विषयमा मतभेद बढेको हो । सिनेटमा बहुमत समेत रहेको रिपब्लिकन पार्टीका नेता मिच मक्कोनेल महाभियोग मुद्दाका प्रमुख साक्षी र दस्ताबेजलाई झिकाउन नहुने पक्षमा छन् भने विपक्षी डेमोक्य्राटहरू त्यसो गरिए ढाकछोप हुने बताउँदै आएका छन ।

ट्रम्पले राष्ट्रपतीय अधिकार दु’रु’पयोग गर्दै युक्रेनबाट नाजायज फाइदा लिएको तथा कङ्ग्रेसलाई आफ्नो काम कारबाहीको छानबिनबाटै बिमुख बनाएको आरोपमा महाअभियोग सामना गरिरहेका छन्।‍ सिनेटका १ सय सदस्यमध्ये ५३ जना रिपब्लिन नै भएकाले उनिबिरुद्धको महाअभियोग पास हुने सम्भावना क्षिण छ । अमेरिकी इतिहासमा राष्ट्रपतिलाई महाअभियोग लगाइएको यो तेस्रो पटक हो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्