हृवीप लगाएरै एमसीसी पारित गर्ने नेकपा र कांग्रेसको तयारी

काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी ‘नेकपा’ र प्रमुख प्रतिपक्षी दल कांग्रेस मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) परियोजना पारित गर्न एक ठाउँमा उभिएका छन् । दुवै पार्टीका नेताहरुले हृवीप लगाएरै भए पनि प्रतिनिधिसभाबाट एमसीसी पारस गराउने तयारी थालेका छन् ।

काठमाडौंमा भएको एक साक्षत्कार कार्यक्रममा नेकपमा स्थायीसमिति सदस्य देवेन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले यसलाई अघि बढाउन चाहेकोले पनि यो पारित हुने बताएका छन्। प्रतिपक्षी दल पनि पारित गर्नुपर्ने पक्षमा रहेको र प्रधानमन्त्रीको चाहना पनि पारित हुनुपर्छ भन्ने भएपछि संसदमा हृवीप गरेर भए पनि एमसीसी पारित हुने पौडेलले बताए।

उनले भने, ‘एमसीसी सदनबाट पास हुन्छ। प्रधानमन्त्रीले पनि यसलाई अघि बढाउन चाहनुभएको छ। तर केही बुँदाहरु हेरफेर हुनुपर्छ।’ एमसीसी नेपालमा लागु भएपछि गरिबी निवारण हुन्छ भन्ने नभएको तर ५५ अर्ब रुपैयाँ अनुदान गुम्न नदिने पक्षमा आफू रहेको उनको भनाई छ। अनुदान निसर्त हुने भएका परियोजनामा भएका सर्तहरु खारेज हुनुपर्ने माग रहेको उनले बताए।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता भीमसेनदास प्रधानले सत्तापक्षले एमसीसी पास गर्नुपर्ने बताए। प्रावधानमा भएका कमीकमजोरीहरुका विषयमा छलफल गर्न सकिने भन्दै उनले बोल्दा अध्ययन र अनुसन्धान गरेर बोल्न पनि सुझाव दिए ।

उनले भने, ‘यो कम्प्याक्टमा भएका प्रावधानमा केही कमीकमजोरी भए यसबारेमा छलफल गर्न सकिन्छ। हिजो अरुण तेस्रो परियोजना बनाउनुपर्छ भन्दा तत्कालिन नेकपा एमालेले विरोध गर्‍यो। त्यो त्यतिकै कोल्याप्स भयो। त्यो लागु भएको भए धेरै राम्रो हुन्थ्यो।’

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्