शालिकराम आत्महत्या प्रकरणमा तीनै जनाले पाए सफाइ

Machchapuchchre

चितवन । सञ्चारकर्मी शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा रवि लामिछानेसहित तीन जनाले सफाइ पाएका छन् ।

जिल्ला अदालत चितवनका न्यायाधीश हेमन्त रावलको इजलासले लामिछाने, युवराज कँडेल र रुकु भन्ने अस्मिता कार्कीलाई सफाइ दिएको हो । टीभी कार्यक्रम ‘सिधा कुरा जनतासँग’का पूर्वसंवाददाता पुडासैनी २० साउनमा चितवनको एक होटलमा झुण्डिएको अवस्थामा भेटिएका थिए ।

आत्महत्या गर्नुपूर्व उनले लामिछाने, कँडेल र कार्कीका कारण आफू मर्न बाध्य भएको भन्दै आफ्नो मोबाइलमा रेकर्ड गराएको भिडियो बाहिरिएपछि प्रहरीले ३० साउनमा तीनैजनालाई पक्राउ गरेको थियो र आत्महत्या गर्न दुरुत्साहन गरेको अभियोगमा तीन जनाविरुद्ध मुद्दा चलाइएको थियो ।

तर रावलकै इजलासले लामिछाने ५ लाख, कँडेल ३ लाख धरौटी तथा कार्कीलाई साधारण तारेखमा छाडेको थियो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्