Artharajniti ~ भ्रमणका क्रममा रहेका भारतीय विदेश सचिव विक्रम मिश्रीले बिहीवार बिहान प्रधानमन्त्री बालेन शाहसँग सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शिष्टाचार भेटवार्ता गरेका छन् । भेटका क्रममा नेपाल र भारतबीचको ऐतिहासिक द्विपक्षीय सम्बन्धलाई थप सुदृढ र विस्तार गर्ने विषयमा छलफल भएको छ । दुई दिने औपचारिक भ्रमणका लागि बुधवार काठमाडौं आएका विदेश सचिव मिश्रीले उच्चस्तरीय भेटघाटलाई निरन्तरता दिएका हुन् । प्रधानमन्त्री शाहसँगको भेटमा उनले भारत सरकारका तर्फबाट नेपालको विकास र समृद्धिमा निरन्तर सहकार्यको प्रतिबद्धता व्यक्त गरे । भेटमा दुई देशबीचको आपसी हित, कनेक्टिभिटी, व्यापार र सांस्कृतिक सम्बन्धका विविध आयामबारे सकारात्मक कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । भारतीय विदेश सचिवको यो भ्रमणलाई कुटनीतिक वृत्तमा महत्वपूर्ण मानिएको छ ।
प्रधानमन्त्री बालेनसँग भारतका विदेश सचिव मिस्रीको भेटवार्ता



