Artharajniti ~ मन्त्रिपरिषद्को बुधबारको बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत गोविन्दबहादुर कार्कीलाई मुख्यसचिव नियुक्त गर्ने निर्णय गरेको छ। २०२७ साल ९ महिना २५ गते भोजपुरमा पिता थिरबहादुरको पुत्रका रूपमा जन्मिएका कार्की २०५३ पुस ७ गते शाखा अधिकृतका रूपमा निजामती सेवामा प्रवेश गरेका थिए। ०८१ भदौ २० गते सचिवमा बढुवा भएका कार्की उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको सचिव र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सचिव भएर काम गरेका छन् । उनी उमेर हदका कारण २०८५ पुस २५ गते अनिवार्य अवकाशमा जानेछन्। अहिलेको व्यवस्था अनुसार मुख्यसचिवको कार्यकाल ३ वर्षकाे हुन्छ । उनी उमेर हदका कारण पूरा कार्यकाल काम गर्न पाउने छैनन्।
नवनियुक्त मुख्यसचिव कार्कीले पूरा कार्यकाल काम गर्न पाउने छैनन्



