Artharajniti ~ २०७५ साल भदौमा केपी शर्मा ओली नेतृत्वको सरकारले गरेको एउटा निर्णय वर्तमान सरकारले उल्ट्याइदिएको छ । ओलीनेतृत्वको तत्कालीन सरकारले महाराजगञ्जमा रहेको राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको जग्गा राष्ट्रपतिको कार्यालयलाई उपलब्ध गराएर प्रहरी प्रशिक्षण प्रतिष्ठान काभ्रेपलाञ्चोकको पाँचखालमा सार्ने गरेको निर्णय थियो । त्यसलाई उल्ट्याउँदै बिहीबारको मन्त्रिपरिषद् बैठकले त्यो जग्गा प्रहरी प्रशिक्षण प्रतिष्ठानकै हुने निर्णय गरेको हो। ‘२०७५ भदौ २१ को निर्णयबमोजिम महाराजगन्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको पूरै जग्गा ११४-३-०-०० राष्ट्रपतिको कार्यालयको नाममा हस्तान्तरण गर्ने गरी भएको निर्णयको सट्टामा सो जग्गा पूर्ववत् रूपमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानले नै प्रयोग गर्ने’, बिहीबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयमा उल्लेख छ।
आठ वर्षअघिको ओलीको निर्णय आज उल्ट्याइदिए बालेनले



