सञ्चारमन्त्री बास्कोटालाई गगन थापाले दिए यस्तो काउन्टरऽ भन्छन् – हामीलाई हेप्नी ?

Machchapuchchre

काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले सूचना प्रविधि विधेयकबारे आफूहरु सडकदेखि सदनसम्म छलफल गर्न तयार रहेको बताए । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले विधेयक नपढी गरिएको टिप्पणी गरिएको भनी दिएको सार्वजनिक अभिव्यक्तिको विरोध गर्दै थापाले विधेयकमाथि बहस गर्न चुनौती दिए ।

‘मन्त्रीज्यूलाई भन्न चाहन्छु छलफल गर्ने हो ? संसदमा गर्ने हो ? माइतीघरमा गर्ने हो ? हामी तयार छौं’ उनले सञ्चारमन्त्रीकै शैलीमा भने ‘नपढी आयो भनेर हामीलाई हेप्नी ?’ विधेयकको विरोधमा नेपाल विद्यार्थी संघले गरेको विरोध कार्यक्रममा थापाले प्रधानमन्त्रीले काम गर्न नसकेका कारण विरोधीको मुख थुन्न यो विधेयक ल्याएको टिप्पणी गरे ।

‘प्रधानमन्त्री लुते भएर यो विधेयक आएको छ, काम गरेर जवाफ दिने हिम्मत गर्नुभएन, सामाजिक सञ्जालमा आएको गालीलाई नियन्त्रण गर्ने गरी कानून बनाउन खोज्नुभयो’ उनले भने । विधेयक जस्ताको तस्तै पारित भयो भने सरकार र सत्तारुढ पार्टीको गुणगान गाउनेहरु मात्र टिक्ने थापाले जिकिर गरे । ‘विधेयक जस्ताको तस्तै पारित भयो भने ‘श्री ६ बडामहारानी विद्या भण्डारीको जय, श्री ५ प्रधानमन्त्री केपी ओलीको जय, श्री ३ प्रचण्डको जय भन्नेहरु टिक्छन् ।’

यो विधेयकका विरोधमा आफूहरु संसदमा लडिरहेको भन्दै उनले बहुमतले पारित हुन सक्ने भन्दै सडकबाट पनि दबाब दिन आग्रह गरे । ‘संख्यात्मक हिसाबले हामी कम छौं, हामीले मात्र चाहेर रोक्न सक्दैनौं, अंकगणित उनीहरुको छ, बहुमतले पारित गर्न सक्छन्, सडकको साथ चाहियो’ उनले भने ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्