एभरेष्ट बैंकको एनआरएन बचत खातामा बिशेष छुट

Machchapuchchre

काठमाडौं । एभरेष्ट बैंकले बैंकमा खाता खोल्ने एनआरएनलाई विशेष सुविधा दिने भएको छ । उक्त उद्देश्य पुरा गर्नका लागि बैंकले एनआरएनएसँग सम्झौतापत्रमा हस्ताक्षर गरेको छ ।

सम्झौतापत्रमा एनआरएनएका प्रमुख कार्यकारी निर्देशक डा.हेमन्त कुमार दबादी र एभरेष्ट बैंकका प्रमुख कार्यकारी निर्देशक गजेन्द्र कुमार नेगीले हस्ताक्षर गरेका हुन् ।

ईबीएलले एनआरएन बचत खातामा निशुल्क एटिएम, इन्टरनेट/मोबाइल बैकिंग, ई–स्टेटमेन्ट, एबीबीएस, लकर र क्रेडिट कार्डमा ५० प्रतिशतसम्म छुट र विभिन्न कर्जा सुविधाको प्रोसेसिङ शुल्कमा विशेष छुटका साथ उच्च प्रतिफल प्रदान गर्ने जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्