एटिम बाट अब दैनिक रु.१ लाख सम्म झिक्न पाइने

Machchapuchchre

नेपाल राष्ट्र बैंकले एटीएम मेसिनबाट अब दैनिकी एक लाख रुपैयाँसम्म निकाल्न मिल्ने भएको जानकारी दिएको छ । अब ग्राहकले एटिमबाट एक दिनमा १ लाख र प्रतिकारोबार २५,०००/- रुपैया झिक्न पाउने भएका छन् ।

गएको भदौसम्म पनि एटीएमबाट दिनमा एक लाख रुपैयाँ ग्राहकले झिकी रहेका नै थिए । तर चिनियाँ नागरिकले एटिम ह्याक गरि र  नक्कली कार्ड प्रयोग गरि एटीएम मेसिनबाट अबैध ढंगले पैसा निकालेपछि राष्ट्र बैंकले एकदिनमा ६०,०००/- र प्रति कारोबार २०,०००/- रुपैया मात्र झिक्न पाउने व्यवस्था गरेको थियो ।

नेपाल रास्ट्र बैंकले पुरानै व्यवस्था कायम गरि अब देखि दिनमा एक लाख र प्रतिकारोबार पच्चीस हजार रुपैया झिक्न मिल्ने बनाएको छ । अबको व्यवस्थाअनुसार एटीएम कारोबारमा पहिलाकै नियम लागु गरी ग्राहकहरुलाई सेवा सुविधा दिएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्