राष्ट्र बैंक : ” चालू आवको पहिलो महिनामा १ खर्ब ३६ अर्ब विप्रेषण भित्रियो “

Machchapuchchre

Artharajnit ~ चालू आवको पहिलो महिनामा १ खर्ब ३६ अर्ब ९३ करोड रुपैयाँ विप्रेषण भित्रिएको छ। नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको विवरणअनुसार समीक्षा अवधिमा विप्रेषण आप्रवाह १८ प्रतिशतले वृद्धि भएको हो। अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २२ दशमलव ८ प्रतिशतले बढेको थियो। अमेरिकी डलरमा विप्रेषण आप्रवाह १ अर्ब २ करोड पुगेको छ। अघिल्लो वर्ष यस्तो आप्रवाह ८७ करोड ९८ लाख रहेको थियो। समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या ३६ हजार ९२८ र पुनःश्रम स्वीकृति लिनेको सङ्ख्या २२ हजार ६४७ रहेको छ।  अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या क्रमशः ३९ हजार १५२ र १६ हजार ४२३ रहेको थियो। केन्द्रीय बैंकका अनुसार समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) १ खर्ब ४८ अर्ब ४९ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय १ खर्ब २८ अर्ब २१ करोड रुपैयाँ थियो।

 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्