” गोर्खा मिडियामा सहकारीको रकम गलत ढंगले आयो ” : सभापति लामिछाने

Machchapuchchre

Artharajnit  ~  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले गोर्खा मिडियामा गलत ढंगले सहकारीको रकम आएको बताएका छन् । आज धनगढी विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै लामिछानेले गोर्खा मिडियामा गलत ढंगले सहकारीको रकम आए पनि त्यसमा आफ्नो कुनै संलग्नता नभएको बताए । उनले भने, ‘गोर्खा मिडिया लगायतका संस्थाहरुमा सहकारीबाट गलत ढंगले पैसा गएको स्थापित भएको कुरा हो ।’ आफू गोर्खा मिडियामा भएकै कारण अरुले गरेको बद्मासीको जिम्मेवारी लिनुपर्छ भन्ने नहुने उनले बताए । कसले बद्मासी गर्‍यो भनेर प्रहरी अनुसन्धानले देखाइसकेको भन्दै लामिछानेले भने, ‘त्यसमा मेरो संलग्नता छ कि छैन भन्ने जुन विषय हो, मैले लाभ लिएको हुनुपर्‍यो ।’ उनले संसदको छानविन समितिले समस्या समाधान केन्द्रित भएर प्रतिवेदन दिन्छ भन्ने विश्वास व्यक्त गरे ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्