प्रणालीबाट एक खर्ब रूपैयाँ तान्दै राष्ट्र बैंक

Machchapuchchre

Artharajniti   ~ नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट आइतबार एक खर्ब रूपैयाँ तान्ने भएको छ। राष्ट्र बैंकले निक्षेप संकलन विधिबाट २१ दिनको लागि यो रकम तान्न लागेको हो। यसअघि भदौ २ गते प्रणालीबाट खिचेको एक खर्ब रकम प्रणालीमै फर्किन लागेसँगै राष्ट्र बैंकले यो रकम खिच्न लागेको हो। अहिले बैंकिङ प्रणालीमा पर्याप्त लगानी योग्य पुँजी भएको, कर्जा विस्तार हुन नसकिरहेकोले पनि यसरी रकम खिच्न लागिएको हो। गत साताको बुधबार पनि राष्ट्र बैंकले निक्षेप संकलन विधिबाट २१ दिनको लागि ३७ अर्ब ६० रूपैयाँ प्रणालीबाट उठाएको थियो। ४० अर्बको मागमा ३७ अर्ब ८० करोड रूपैयाँ राख्न आवेदन परेको थियो। सो समय भारित औसत ब्याजदर २.९९ कायम भएको थियो। भदौ २० गतेसम्म राष्ट्र बैंकमा बैंकहरूको दुई खर्ब ७८ अर्ब रूपैयाँ फिर्ता हुन बाँकी रकम रहेको छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्