Artharajniti ~ नेपालले चीन र श्रीलंकासँग पनि क्रस बोर्डर डिजिटल भुक्तानीका लागि काम सुरु गरेको छ । नेपाली भुक्तानी सेवा प्रदायक कम्पनीहरूलाई चीनको “अली पे” र श्रीलंकाको “लंका पे”सँग क्रसबोर्डर डिजिटल भुक्तानीका लागि सिस्टम इन्ट्रिग्रेसनको स्वीकृति दिएर प्रक्रिया अगाडि बढेको गभर्नर महाप्रसाद अधिकारीले जानकारी दिए । ‘चीनको एउटा बैंक सेटलमेन्ट बैंकको रुपमा काम गर्न तयार भएको छ । पूर्वाधार विकास गर्ने काम भइरहेको छ,’ गभर्नर अधिकारीले मंगलबार एक कार्यक्रममा भने, ‘छिट्टै चीनसँगै डिजिटल भुक्तानी सुरु हुँदैछ ।’ ‘अली पे’ सँगैको सम्झौताले सिंगापुर, मलेसिया, थाइल्यान्ड लगायतका दक्षिण पूर्वी एसियाका देशसँग समेत अन्तरदेशीय विद्युतीय भुक्तानी गर्न सकिने गभर्नर अधिकारीले बताए । अब सानोसानो रकम चीनमा भुक्तानी गर्नु पर्दा डिजिटल माध्यमबाट नै गर्न सकिने गरी प्रणाली विकास गर्न लागिएको उनले बताए । भारतीयले नेपाल घुम्न आउँदा ल्याउन पाउने नगदको सीमा बढाउने भन्दा पनि अब डिजिटल भुक्तानीलाई नै प्रोत्सान गर्ने उनले बताए । भारतीयले गत फागुनदेखि नेपालमा डिजिटल भुक्तानी गर्न पाउने व्यवस्था भएयता करिब ५० करोडको भुक्तानी भएको उनले बताए । ‘यस्तो भुक्तानी सुरुमा सुदूपश्चिममा उच्च देखिएको थियो । पछिल्लो समय बागमती र गण्डकी प्रदेशमा बढी देखिएको छ ।’
सम्बन्धित शिर्षक
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति