एनएमबी बैंक ‘ग्रिन बैंक अफ द इयर २०२४’ अवार्डबाट सम्मानित

Machchapuchchre

Artharajniti   ~  एनएमबी बैंक ‘ग्रिन बैंक अफ द इयर २०२४’ अवार्डबाट सम्मानित भएको छ। यो पुरस्कार विश्व वातावरण दिवसको अवसरमा फोहोर व्यवस्थापन र जलवायु सम्मेलन डब्ल्युएसिसी २०२४ मा प्रदान गरिएको हो। यो सम्मान एनएमबी बैंकको वातावरणीय दिगोपनप्रतिको प्रतिबद्धता र पर्यावरणमैत्री बैंकिङ अभ्यासहरू कार्यान्वयन गर्ने प्रयासको प्रशंसा हो। बैंक वातावरणीय विचारहरूलाई रणनीतिक रूपमा एकीकृत गर्दै, दिगो वित्त प्रवर्द्धन गर्न र परिचालन प्रभाव कम गर्दै बैंकिङ क्षेत्रमै उदाहरण बन्न सफल भएको दाबी गरिएकाे छ। एनएमबी बैंक दि फिनान्सियल टाइम्स, लण्डनको ‘द ब्यान्कर’ पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधि ‘बैंक अफ दि इयर एसिया २०२१’ बाट सम्मानित भएको बैंक हो।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्