Artharajniti ~ नेपाल राष्ट्र बैंकले शुक्रबार पनि २५ अर्ब रुपैयाँ तरलता प्रशोचन गर्ने भएको छ । बिहीबार बैंकिङ्ग प्रणालीबाट ५० तरलता प्रशोचन गरेको केन्द्रीय बैंकले दोस्रो दिन पुनः २५ अर्ब तान्ने भएको हो । निक्षेप सङ्कलन उपकरणमार्फत ७ दिनका लागि २५ अर्ब रुपैयाँ प्रशोचन गर्न लागिएको केन्द्रीय बैंकले जनाएको छ । पछिल्लो समय बैंकिङ्ग क्षेत्रमा बढ्दो निक्षेपको तुलनामा कर्जा लगानी हुन नसक्दा तरलता बढी रहेको छ । गत जेठ १५ गतेसम्ममा बैंक तथा वित्तीय संस्थाहरूले कूल ६२ खर्ब ६अर्ब निक्षेप सङ्कलन गर्दै यता ५१ खर्ब २० अर्ब रुपैयाँ मात्र कर्जा लगानी गरेका छन् ।
सम्बन्धित शिर्षक
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति