” ललिता निवासको जग्गा सरकारको नाममा आयो, सबैलाई बधाई ” : उपप्रधानमन्त्री श्रेष्ठ

Machchapuchchre

Artharajniti   ~  उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले ललिता निवासको जग्गा सरकारको नाममा आएको भन्दै सबै नेपाली जनतालाई बधाई दिएका छन्। उनले विशेष अदालत र न्यायाधीशहरूप्रति आभार प्रकट गरेका छन्। ‘अन्ततः ललितानिवासको सरकारी जग्गा सरकारको नाममा आयो। सबै नेपाली जनतालाई बधाई छ। जालसाजी, किर्ते, ठगी र भ्रष्टाचारद्वारा राज्य लुट्ने कार्य र प्रक्रिया विरूद्ध विशेष अदालतले सत्य र न्यायको पक्षमा ऐतिहासिक फैसला गर्‍यो। ।विशेष अदालत र न्यायाधीशहरूप्रति हार्दिक आभार र धन्यवाद!,’ शुक्रबार उनले सामाजिक सञ्जालमा भनेका छन्। विशेष अदालतले बिहीबार ललित निवासको व्यक्तिका नाममा रहेको जग्गा सरकारीकरण गरेको थियो। अदालतले अख्तियार दुरूपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख दिप बस्न्यात, पूर्वसचिव छविराज पन्तसहित ८० जनाभन्दा बढीलाई दोषी ठहर गरेको थियो। गृहमन्त्री श्रेष्ठले अदालतको फैसला ऐतिहासिक भन्दै खुसी प्रकट गरेका हुन्।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्