वायुसेवा निगमका अध्यक्ष हटाउन माग गर्दै कर्मचारीले गरे आन्दोलन

Machchapuchchre

Artharajniti  ~  नेपाल वायुसेवा निगमको अध्यक्ष युवराज अधिकारीलाई हटाउन माग गर्दै कर्मचारीहरूले आन्दोलन गरेका छन्। तीन करोड नेपाली जनताको साझा सम्पत्ति राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमलाई डुबाउन खोजेको भन्दै वायुसेेवा निगम कर्मचारी संघले आन्दोलन गरेका हुन्।आइतबार निगमको कार्यालयमा कर्मचारीहरूले अध्यक्षलाई प्रवेश निषेध गरिएको संघका अध्यक्ष मान बहादुर कुँवरले बताए। उनका अनुसार संघले अध्यक्ष अधिकारीको बहिर्गमन किन भन्दै संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई बोधार्थ दिएको छ।निगमको आम्दानीको प्रमुख स्रोत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको (ग्राउन्ड ह्यान्डलिङ) भूमिस्थ प्रबन्ध सेवा जोगाउन नसकेको भन्दै बहिर्गमको माग गरेका हुन्। यससँगै संघले निगमको अन्तर्राष्ट्रिय उडानमा रहेका जहाजहरूको नियमित मर्मत सम्भारतर्फ ध्यान नदिएको, एमओआर हुँदाहुँदै  एओजी गराएर तथा अनावश्यक प्रचारबाजी गरी निगमको करोडौं रकम अपचलन गरेको आरोप लगाएका छन्।निगमको मलेसियामा रहेको जिएसए बिक्री गर्ने कार्य गैरकानुनी रूपमा अघि बढाएको उनले बताए। मासिक ज्यालादारी र करार कर्मचारीहरू नियुक्ति गरी असल योग्य र कुशल कर्मचारीको मनोबल गिराउने काम गरेकाले अध्यक्ष अधिकारीलाई हटाउन माग गरिएको उक्त बहिर्गमन पत्रमा उल्लेख छ। वर्षौदेखि सञ्चालनमा नरहेको र व्यवस्थित गर्न नसकिएको ‘एननाइन एबिएक्स’ कलसाइन रहेको ट्विनअटर जहाजका साथै पाँच थान चिनियाँ जहाज र त्यसमा करोडौ मूल्यका पार्टपूर्जाहरू व्यवभार पर्ने गरी वेबारिसे अवस्था छोडिएको उनीहरूको आरोप छ। अध्यक्ष अधिकारीले वर्षौअघि ‘फेजआउट’ भइसकेको बोइङ्ग ‘एननाइन एबिसी’ कलसाइन रहेको जहाजलाई पार्किङ र इन्स्याेरेन्स बापत निगमलाई आर्थिक व्यवहार बढाउँदै लगेको उनीहरूको भनाइ छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्