रूपन्देहीमा देउवा : ” बालकृष्ण खाँणजीले अवश्य न्याय पाउनुहुनेछ “

Machchapuchchre

Artharajniti  ~  नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीका नेता बालकृष्ण खाँण निर्दोष रहेकोले न्याय पाउने बताएका छन्। नेपाली कांग्रेस, रूपन्देहीको जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै सभापति देउवाले खाँणलाई फसाइएकोले उनले न्याय पाउनेमा आफू विश्वस्त रहेको बताए। ‘बालकृष्ण खाँणजीले अवश्य न्याय पाउनुहुनेछ भन्ने मैले भनिसक्या छु,’ कार्यक्रमलाई सम्बोभन गर्दै उनले भने, ‘हाम्रा वकिल साथीहरू लागिरहेका छन्। मलाई विश्वास छ उहाँले न्याय पाउनु हुनेछ।’ कांग्रेसभित्र खाँणलाई देउवाको विश्वासपात्रका रूपमा लिने गरिन्थ्यो। नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका खाँणलाई प्रहरीले गत वैशाख २७ गते उनकै निवासबाट पक्राउ गरेको थियो। यसअघि पनि खाँणको बचाऊ गर्दै आएका कांग्रेस सभापति देउवाले मंगलबार पनि कानुन व्यवसायीहरू लागिपरेको भन्दै खाँणले न्याय पाउनेमा आफू विश्वस्त रहेको दोहोर्‍याए। त्यसअघि बोल्ने नेता कार्यकर्ताहरूले पार्टी बाहिर र भित्रैबाट समेत खाँणलाई फसाइएको र पार्टीले कुनै सहयोग नगरेको आरोप गरेका थिए। सम्मेलन उद्घाटन सत्रको अन्त्यतिर बोलेका देउवाले सबैको जिज्ञासा मेटाउँदै खाँणलाई पटकपटक जनताले चुनेर पठाएको र आफ्नो प्रतिनिधि अप्ठ्यारोमा पर्दा चिन्ता लाग्नु स्वाभाविक भएको बताए। देउवाले अदालतमा विचाराधीन रहेको मुद्दामा धेरै बोल्नु उचित नहुने भन्दै उनले न्याय पाउने बताएका थिए। यस्तै, देउवाले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई आवश्यक पर्ने पूर्वाधारहरू नभएका कारण पूर्णरूपमा सञ्चालनमा आउन नसकेको भन्दै काठमाडौं फर्किएपछि विमानस्थल पूर्ण रूपमा सञ्चालनका लागि छलफल अगाडि बढाउने बताए।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्