पाँच वर्षपछि लगानी सम्मेलन गर्दै सरकार

Machchapuchchre

Artharajniti  ~  तेस्रो लगानी सम्मेलन सम्पन्न भएको पाँच वर्षपछि चौथो लगानी सम्मेलनको तयारीमा सरकार जुटेको छ । सरकारले यसअघि २०७५ साल चैतमा तेस्रो लगानी सम्मेलन गरेको थियो । त्यसको ठिक पाँच वर्षपछि आगामी वर्ष २०८१ सालको वैशाख दोस्रो सातामा चौथो लगानी सम्मेलनको तयारीमा सरकार जुटेको हो । यो ‘विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०४९’ तयार बने पछिबाट गणना गर्दा भने तेस्रो लगानी सम्मेलन हुनेछ । सरकारले २०४९ सालमा पहिलो लगानी सम्मेलनको आयोजना गरेको थियो । सोही सम्मेलनका आधारमा ‘विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०४९’ तयार भएको थियो । ऐन बन्नु अघिको सम्मेलनलाई समेत गणना गर्दा भने आगामी वैशाखमा आयोजना हुने सम्मेलन चौथो हुनेछ । यस्तै, २०७३ साल फागुन मध्य सातातर्फ र २०७५ सालमा गरी दुई वर्षको अवधिमा लगालग दुई सम्मेलन आयोजना भएको थियो । त्यसयता भने कोभिड–१९ लगायत विभिन्न कारणले तेस्रो लगानी सम्मेलनको आयोजना हुन सकेको थिएन । ऐन बनेपछि आयोजित दोस्रो लगानी सम्मेलन सम्पन्न भएको छ वर्षपछि अर्थात् आगामी वर्षको वैशाख ९ र १० गते अर्को लगानी सम्मेलन हुने अर्थमन्त्री डा. प्रकाशशरण महतले जानकारी दिए ।अर्थमन्त्री डा. महतले सम्मेलन औपचारिकता पुरा गर्न मात्रै आयोजना गर्ने नभई लगानी प्रतिबद्धता र निरन्तरताका लागि आयोजना गर्न लागिएको जानकारी दिए । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी वैशाखमा आयोजना हुने लगानी सम्मेलनको तयारी अवधि न्यून हुने बताउँछन् । जबकि, सम्मेलनमा सम्पूर्ण क्षेत्रका महत्त्वपूर्ण आयोजना अघि बढाउनुपर्ने हुन्छ । ‘लगानी सम्मेलन अघि नै सबै प्रदेशले सम्मेलन गर्नुपर्छ,’ गभर्नर अधिकारी भन्छन्, ‘उक्त सम्मेलनमा स्थानीयले आफ्ना योजना र आयोजना अघि बढाउनुपर्ने हुन्छ ।’ न्यून समयमा धेरै तयारी गर्नुपर्ने भएकाले एक मिनेट पनि खेर फाल्न नहुने गभर्नर अधिकारी बताउँछन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्