सिटिजन लाइफ इन्स्योरेन्सको आईपीओ खुल्यो

Machchapuchchre

अर्थ राजनीति ~  सिटिजन लाइफ इन्स्योरेन्सले आजदेखि प्रिमियममा आईपीओ निष्काशन गर्ने भएको छ । इन्स्योरेन्सले सर्वसाधारणलाई प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा १४४ रुपैयाँ प्रिमियम थप गरी प्रतिशेयर कुल २४४ रुपैयाँमा शेयर निष्काशन गर्न लागेको हो ।

कम्पनीको जारी पूँजी ३ अर्ब ७५ करोड रुपैयाँको ३० प्रतिशत अर्थात् १ अर्ब १२ करोड ५० लाख रुपैयाँ बराबरको १ करोड १२ लाख ५० हजार कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो ।

इन्स्योरेन्सले रहेको ९० लाख कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गर्न लागेको जनाएको छ । कम्पनीको सो आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १५ लाख कित्ताका लागि आवेदन दिन सकिनेछ।

एनआइएमबि एस क्यापिटल लिमिटेड इन्स्योरेन्सको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक रहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्