पुस २१ गते प्रदेशसभा बैठक बोलाउने मन्त्रिपरिषद्को निर्णय

RBB

हेटौंडा । प्रदेश नं– ३ को प्रदेश सरकारले यही पुस २१ गते प्रदेशसभाको बैठक आह्वान गरेको छ । आज साँझ बसेको मन्त्रिपरिषद्को बैठकले पुस २१ गते प्रदेशसभा बैठक बोलाउने निर्णय गरेको हो ।

प्रदेश प्रमुखलाई बैठक आह्वानका लागि निर्णय गरेर पठाइएको प्रदेश सरकारका प्रवक्ता कैलाशप्रसाद ढुङ्गेलले जानकारी दिए । प्रदेशसभाको बैठकमा प्रदेशको राजधानी र नामाकरणको विषय औपचारिक रुपमा प्रवेश गरेर निर्णय भएको उनको भनाइ छ ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकले प्रदेशको नाम र राजधानी टुङ्गो लगाएसँगै प्रदेश सरकारले अधिवेशन आह्वान गर्न सिफारिस गरेको बताइएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्