फरवार्ड माइक्रोफाइनान्सको ५ लाख कित्ता संस्थापक शेयर बिक्रीमा

Machchapuchchre

अर्थ राजनीति ~ फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले ५ लाख कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी उक्त शेयर बिक्रीमा ल्याएको हो ।

यो शेयर खरीद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले आगामी ३५ दिनभित्र कम्पनीको केन्द्रिय कार्यालय दुहबी, सुनसरीमा आवेदन पेश गर्नुपर्नेछ ।

तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरूबाट आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थामा उल्लेखित शेयर बिक्री गरिने जानकारी कम्पनीले दिएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्