अभियान लघुवित्तको नाफा ९६ प्रतिशतभन्दा बढीले घट्यो

Machchapuchchre

अर्थ राजनीति   ~ अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म ३ लाख २८ हजार रूपैयाँ खुद नाफा गरेको छ । अघिल्लो वर्षको सोही अवधिसम्मको तुलनामा कम्पनीको खुद नाफा ९६ प्रतिशतभन्दा बढीले घटेको हो । अघिल्लो वर्ष यस अवधिसम्म कम्पनीले ८७ लाख ११ हजार रूपैयाँ खुद नाफा गरेको थियो ।

गत वर्ष कम्पनीको सञ्चालन नाफा ९८ प्रतिशत कम भएको छ । अघिल्लो वर्ष १ करोड ६७ लाख रूपैयाँभन्दा बढी सञ्चालन नाफा गरेको कम्पनीले गत वर्ष ३ लाख २८ हजार रूपैयाँभन्दा बढी यो नाफा गरेको हो ।

सञ्चालन नाफा घटेसँगै कम्पनीको खुद नाफा घटेको हो । हाल कम्पनीको चुक्तापूँजी २५ करोड रहेको छ । रिटेन्ड अर्निग ६३ लाख रूपैयाँभन्दा बढी ऋणात्मक रहेको कम्पनीको जगेडा कोष रकम भने ३ करोड ३७ लाख रूपैयाँभन्दा बढी कायम छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्