साताको सेयर बजार : ९२ अंकले नेप्से मार्केट घट्यो

Machchapuchchre

अर्थ राजनीति  ~  सरकारले यसै साता आगामी आर्थिक वर्ष २०८०/८१ का लागि अनुमानित आय व्ययसहित कूल १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँ बराबरको बजेट ल्यायो । अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमबार बजेट सार्वजनिक गरेसँगै निरन्तर ओरालो लाग्न थालेको बजार अन्ततः १८ सय ६६.३४ अंकको विन्दुमा आएर अड्किएको छ । जबकी अघिल्लो साता ८१.८ अंकले बढ्दै नेप्से सूचक १९ सय ५९.१२ अंकको बिन्दुमा उक्लिएको थियो । अघिल्लो साताको अन्तिम कारोबार दिन जेठ १० गते अर्थात् मे २४ का दिनको तुलनामा जेठ १८ गते बिहीबार ९२.७६ अंकले नेप्से घट्दै १८ सय ४९.७९ अंकको विन्दुमा ओर्लिएको छ । यो साता ९२ अंकमाथिको नेप्से गिरावट हुँदै गर्दा एक दिनमा नेप्से बढेर तीन दिन ठूलो अंकले माइनस भएको छ ।  बिहीबार एकदिन १६ अंकले नेप्से बढ्दा अरु तीन दिन करिब ११० अंकले घट्न पुग्यो । उसो त यससाता मार्केट क्यापिटलाइजेशन (सेयर पुँजीकरण) समेत १ खर्ब माथिले घट्दै २७ खर्ब २४ अर्ब ६५ करोड १० लाख रुपैयाँमा झरेको छ । अघिल्लो साता यस्तो मार्केट क्यापिटलाइजेशन १ खर्ब १९ अर्ब ३३ करोड ४० लाख रुपैयाँले बढ्दै २८ खर्ब ५८ अर्ब ६ करोड २० लाख रुपैयाँ कायम भएको थियो ।अघिल्लो साता ८१ अंकले नेप्से बढ्दै गर्दा जम्मा ४ अर्ब ८५ करोड ६५ लाख ६७ हजार रुपैयाँ बराबरको मात्र सेयर कारोबार भएको थियो । तर, यो साता ९२ अंकमाथिले नेप्से घट्दै गर्दा १० अर्ब ७४ करोड ६३ लाख ८८ हजार रुपैयाँ बराबरको सेयर दोस्रो बजारमा कारोबार भएको छ ।  अघिल्लो साताको तुलनामा यो साता ५ अर्ब ८८ करोड ९८ लाख २१ हजार रुपैयाँ बढीले करोबार भएको हो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्