भ्याली भित्र बिजुली अनियमित हुनुको कारण ?

Machchapuchchre

अर्थ राजनीति । काठमान्डू भ्याली भित्र केहि समय देखि बिजुली आपूर्ति अस्थिर भएको छ । बिजुली भएको बेलापनि बिहान र बेलुकीको समयमा कम भोल्टेज प्रभाह हुने गरेको छ । जाडो मौसममा खोला नालामा पानीको बहाब घट्ने र बिधुत उत्पादन कम हुनु स्वभावीक हो, त्यसमाथि हिटर लगायत का विधुतीय उपकरण धेरै प्रयोग हुने भएकाले  विधुतको उपभोग ४० प्रतिशतले बढेको छ । साथै खाना पकाउन ग्यास भन्दा बिजुली सस्तो पर्ने भनेर बिधुत प्राधिकरण र विज्ञहरुले जोड दिइरहेका कारण पनि बिधुत खपत धेरै भएको हुनसक्छ । यसले गर्दा बेला बेलामा बत्ति गइरहेको नै हुन्छ, चाहे त्यो दिउसोको समय होस् या रातिको समय । नेपाल बिधुत प्राधिकरणले चाहि प्रसस्त रुपमा बिधुत हुदाहुदै पनि , पुरानो टेक्नोलोजी भएकोले गर्दा त्यसले लोड थाम्न नसकेको कारण बिधुत् आपूर्तिमा अनियमितता भएको  बताएको छ। कुलमान घिसिंग र उनका टिमले पुरानो टेक्नोलोजीलाई हटाउदै नयाँ टेक्नोलोजी राख्ने र मर्मतका कामहरु मेहेनत साथ् गरिरहेका छन । यो काम पुरा भएपछी चाहि प्राधिकरणले दाबा गरे जस्तै बिजुली नियमित होलाकी  !

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्