” अर्थतन्त्र सुधारिँदो अवस्थामा छ ” : प्रधानमन्त्री प्रचण्ड

Machchapuchchre

अर्थ राजनीति  ~  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अर्थतन्त्र सुधारिँदो अवस्थामा रहेको बताएका छन् । उनले अर्थतन्त्र चिन्ताजनक अवस्थामा नरहेको समेत बताए । नेपाल चेम्बर अफ कमर्सको ७२औं साधारण सभालाई सम्बोधन गर्दै प्रचण्डले पछिलो १०० दिनमा आर्थिक स्थिति सुधारिँदो अवस्थामा रहेको बताए । ‘अर्थतन्त्र संकटमा छ भनेर हल्ला गरिएको छ, तर हल्ला गरेजस्तो संकटमा छैन,’ उनले थपे, ‘वैदेशिक मुद्राको भन्डारण बढदै छ । करिब १० महिनाको आयत धान्ने अवस्थामा पुगेको छ ।’ यस्तै उनले रेमिट्यान्स आउने क्रम समेत बढेकाले हल्ला गरेजस्तो समस्या उन्मुख नरहेको बताए । प्रधानमन्त्रीले सन २०२६ देखि नेपाल एलडीसीमा स्तरोन्नति हुन लागेकाले त्यसको तयारीमा लाग्नुपर्ने समेत बताए । सन २०३० सम्म विकाशशील राष्ट्रको सूचीमा समेटिने सरकारको लक्ष्य रहेको समेत बताए ।

 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्