आज तोलामा ७ सय रुपैयाँले घट्यो सुनको मूल्य

Machchapuchchre

अर्थ राजनीति  ~  सोमबार स्थानीय बजारमा सुनको मूल्य तोलामा ७ सय रुपैयाँले सस्तिएको छ । अघिल्लो दिन प्रतितोला १ लाख १० हजार रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज ७ सय रुपैयाँले घट्दै १ लाख ९ हजार ३ सय रुपैयाँमा झरेको हो । यस्तै आज तेजाबी सुनको मूल्य समेत तोलामा ७ सय रुपैयाँले नै घट्दै प्रतितोला १ लाख ८ हजार ८ सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यता चाँदीको मूल्य भने अघिल्लो दिनको तुलनामा तोलामा १० रुपैयाँले घट्दै एक हजार ४३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्