बिद्रोही नेकपाकी प्रभावशाली नेतृ उमा भुजेलसहित ९ जनाको टोली गिरफ्तार

Machchapuchchre

काठमाडौं । प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीकी प्रभावशाली नेतृ उमा भुजेलसहित ९ जनाको टोलीलाई प्रहरीले गिरफ्तार गरेको छ । शनिबार बिहान १ नम्बर प्रदेश प्रहरी र प्रहरीको विशेष ब्यूराे संयुक्त टोलीले उनीहरुलाई सुनसरीको बराहा नगरपालिकाको शुक्रबारेबाट गिरफ्तार गरेको स्रोतले संचारकेन्द्रलाई बतायो । भुजेलसहित अन्य ९ जना पनि गिरफ्तार परेको प्रहरीले जनाएको छ ।

मेची-कोसी ब्युरो ईन्चार्जसमेत रहेकी भुजेलसँगै मोरङ इन्चार्ज नरेश चौलागाइँ, ब्यूराे कार्यालय सचिव सुमन सिंहसहित ९ जनालाई प्रहरीले गिरफ्तार गरेको नेकपाले जनाएको छ । भुजेल १० वर्षे माओवादी जनयुद्धका बेला गोरखा जेल ब्रेक गरेर चर्चामा आएकी नेतृ हुन् । भुजेलसहितकाे टाेलीले २०५७ साल चैत १७ गते गोरखा जेल ब्रेक गरेकाे थियाे।

भुजेल माओवादी शान्ति प्रक्रियामा आएपछि अन्तरिम व्यवस्थापिकामा सांसद र पहिलो संविधानसभामा समानुपातिकतर्फबाट सदस्य समेत थिइन् । भुजेल पार्टी विभाजनका क्रममा मोहन वैद्य नेतृत्वको माओवादी हुँदै हाल विप्लव नेतृत्वको नेकपामा क्रियाशील छिन। यसअघि भुजेललाई प्रहरीले गत भदौमा पनि गिरफ्तार गरेर केहि दिन हिरासतमा राखेको थियो । पछि सर्वोच्चको आदेशमा उनी रिहा भएकी थिइन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्