“अन्तर मन्त्रालय र विभागबिच समन्वय जरुरी “: वरिष्ठ उपाध्यक्ष ढकाल

Machchapuchchre

अर्थ राजनीति  ~  नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले अन्तर मन्त्रालय र विभागबिच समन्वय हुन नसक्दा विभिन्न  समस्या  आएको बताएका छन् । बुधवार काठमाडौंमा भएको नेपाल आर्थिक पत्रकार संघको १३ औँ वार्षिक साधारण सभा एवम् छैठौँ महासभामा उनले यस्तो बताएका हुन् । कार्यक्रम बोल्दै उनले भने, ‘अन्तर मन्त्रालय र विभागबिच समन्वय हुन सकेको छैन र यो जरुरि छ ”  उनले बताए । एक अर्कामा समन्वय नभएका कारण हामी पछाडि परेका छौँ ।’ त्यस्तै निजी क्षेत्रले उठाएका विषय गलत तरिकाले व्याख्या गरिएको बताउँदै उनले भने, ‘निजि क्षेत्रले उठाएका विषय निजी क्षेत्रको लागि मात्र होइन । यसमा गलत तरिकाले प्रचार नगरौँ ।’अर्थतन्त्र सही तरिकाले अगाडि बढेन भने निजी मात्र होइन समग्र मुलुक नै सङ्कटमा जाने समेत उनले बताए । साथै अब आम नेपालीले चाहेको आर्थिक समृद्धिको मुद्दा नै रहेको समेत उनको भनाइ छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्